logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीको हरिपूर्वामा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गयो


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

मलंगवा – सर्लाहीको हरिपूर्वामा मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा चालकको मृत्यु भएको छ ।

दुर्घटनामा हरिपूर्वा नगरपालिका–९, बस्ने ३४ वर्षीय जोगी राय यादवको मृत्यु भएको हो । हरिपूर्वा नगरपालिका–१ स्थित भित्री सडकखण्डमा भारतीय नम्वर प्लेटको मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकल चलाइरहेका यादव गम्भीर घाइते भएका थिए ।

उनलाई जनकपुरमा सामान्य उपचारपश्चात थप उपचार गर्न काठमाडौतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनायो । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।

दुर्घटनामा परेको मोटरसाइकल भारतीय नम्वर प्लेटको भए पनि नम्वर भने स्पष्ट हुन नसकेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए ।