logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बसपार्क कार्यविधि संचालनका सम्वन्धमा छलफल


  • उज्यालो अभियान

मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा बसपार्क संचालन कार्यविधिबारे आइतबार सरोकारवालाबीच छलफल गरिएको छ ।

मलंगवा २ स्थित जिल्ला प्रहरी कार्यालय छेउमा भर्खरै निर्माण पूरा भई नगरपालिकालाई हस्तान्तरण भएको बसपार्क संचालनबारे कार्यविधि बनाउन सरोकारवालासँग अन्तक्र्रिया गरिएको हो । नगरपालिकाको सभा हलमा मेयर नागेन्द्रप्रसाद यादवको अध्यक्षतामा भएको छलफलमा प्रदेश सभा सदस्य कौशलकिशोर राय, जिल्ला प्रहरी कार्यालयका प्रमुख नरेशराज सुवेदी, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ईश्वर कार्की, बस तथा अन्य यातायात व्यवसायी, नागरिक समाजलगायतको उपस्थिति रहेको थियो ।

नगरपालिकाले चाँडै नै कार्यविधि बनाएर बसपार्क संचालन गर्ने तयारी गरिरहेको छ । अहिले मलंगवा ९ मा रहेको वर्षौ पुरानो बसपार्कलाई अब जिल्ला प्रहरी कार्यालय छेउमा बनेको सुविधा सम्पन्न बसपार्कमा सार्ने तयारी गरिएको हो ।

केही बस व्यवसायीले पुरानो ठाउँबाट आफूहरु नयाँ बनेको बसपार्क जाँदा म्याजिकहरुले पुरानो बसपार्कबाट यात्रु उठाइदिने भन्दै नयाँ ठाउँमा जान अस्वीकार गरिरहेका छन् । तर, धेरै बस व्यवसायी नयाँ बसपार्कमा जान सहमत भइसकेका र त्यस अनुसार तयारी अघि बढाइएको मलंगवा नगरपालिकाले जनाएको छ ।