हरिवन – नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य माया बलको निधन भएको छ ।
तीन साताअघि उनलाई हृदयघात (हट अटयाक्ट) भएपछि उपचारका लागि काठमाडौँ मेडिकल कलेज (केएमसी) सिनामंगल, काठमाडौँमा भर्ना गरिएको थियो । उनको सोही अस्पतालमा उपचारका क्रममा शनिबार साँझ निधन भएको माओवादी केन्द्र सर्लाहीका संयोजक तथा हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल) ले बताए ।
हरिवन नगरपालिका १० सुखेपोखरी निवासी बल लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित थिईन् । पार्टीले गएको मंसिर ४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा बललाई समानुपातिक उम्मेदवार बनाएको थियो । तर, उनी समानुपातिक सांसदको सूचीमा भने पर्न सकिएनन् ।
दिवगंत बलका श्रीमान, एक छोरा र तीन छोरी छन् । बलको पार्थिव शरीर अहिले काठमाडौँस्थित अस्पतालमै छ ।
अष्ट्रेलियामा रहनुभएका छोरा स्वदेश फर्किदै गरेको र उनी आइपुगेपपछि बलको पार्थिव शरीर सर्लाही ल्याएर अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
बल जनयुद्धमा दुधे बालक बोकेरै युद्धमा होमिएकी थिईन् । बलको निधनप्रति माओवादीसहित विभिन्न पार्टीका नेताहरुले सामाजिक संजालमा उहाँको योगदानको प्रशंसागर्दै श्रद्धान्जली व्यक्त गरिरहेका छन् ।