logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

नगरपालिका कर्मचारी एशोसिएसनको नयाँ नेतृत्व


  • उज्यालो अभियान

बागमती – सर्लाहीको बागमतीमा शनिबार नेपाल नगरपालिका कर्मचारी एशोसिएसनको मधेश प्रदेश प्रादेशिक तथा सर्लाही जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

एशोसिएसनको प्रदेश र जिल्ला नेतृत्व चयन गर्दै बागमतीस्थत सीता प्यालेस होटलमा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले अजय शर्मा अध्यक्ष, गोविन्द राय उपाध्यक्ष, नरोत्तम अधिकारी सचिव, सुशीला रौनियार कोषाध्यक्ष, सरोज लाल सह–सचिवसहित १६ सदस्यीय मधेश प्रदेश स्तरीय समिति गठन गरेको छ ।

त्यस्तै, अनिल कुमार गुप्ता अध्यक्ष, रामध्यान राय कोषाध्यक्ष र अशोक कुमार गुप्ता सचिवसहित १७ सदस्यीय सर्लाही जिल्ला समिति चयन गरिएको छ । नेपाल नगरपालिका कर्मचारी एशोसिएसनका केन्द्रीय अध्यक्ष डम्बर रोगुको अध्यक्षता तथा हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकी (कमल) को प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको एशोसिएसनका केन्द्रीय उपाध्यक्ष चित्रबहादुर विश्वकर्माले बताए ।

उनका अनुसार आइतबार सोही स्थानमा एशोसिएनको केन्द्रीय कार्य समितिको बैठक बस्ने छ ।