ईश्वरपुर -सर्लाहीको हरिपुर र ईश्वरपुर नगरपालिकामा शनिबार अतिविपन्न परिवारलाई कम्बल वितरण गरिएको छ ।
ग्रामीण नारी उत्थान संघ हरिपुरले सेभ द चिडे«नको सहयोगमा हरिपुर नगरपालिकामा ७४ जना मुसहर परिवारलाई २÷२ थान कम्बल वितरण गरेको हो । वडाध्यक्षहरुको रोहबरमा अतिपिछडिएको दलित परिवारलाई कम्बल वितरण गरिएको संस्थाले जनाएको छ ।
त्यसैगरी, शनिबा नै ईश्वरपुर नगरपालिकामा मेयर मनोजकुमार आचार्य, संस्थाकी अध्यक्ष गोमादेवी न्यौपाने लगायतभएर चिसो प्रभावित परिवारलाई कम्बल वितरण गरेका छन् ।