logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

लालबन्दी, हरिवन र बागमतीमा माघ ९ गते पनि बिदा


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको लालबन्दी, हरिवन र बागमती नगरपालिकाले माघ ९ गते पनि सार्वजनिक बिदा दिएका छन् ।

तामाङ समुदायले माघ ८ गते आइतबार आफ्नो महान पर्व सोनाम ल्होसार पर्व मनाउँदै छन् । सो पर्वको अवसरमा संघीय सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ ।

त्यसमा १ दिन थप गर्दै लालबन्दी, हरिवन र बागमती नगरपालिकाले कार्यपालिकाबाट निर्णय गरी माघ ९ गते सोमबार पनि आ–आफ्नो पालिकामा सार्वजनिक बिदा दिएका हुन् । तीन वटै पालिकाले शुक्रबार सूचना जारी गरी ९ गते नगरपालिकासँगै मातहतका वडा कार्यालय, विद्यालयलगायत कार्यालय बन्द रहने जनाएका छन् ।

लालबन्दी, हरिवन र बागमती तीनवटै पालिकामा तामाङ समुदायको बाहुल्यता रहेको छ । सोनाम ल्होसारमा यहाँ शुभकामना आदानप्रदानसहित अन्य कार्यक्रम राखिएका छन् ।

स्थानीय सरकार संचालन ऐनले पालिकाले विभिन्न पर्व तथा अन्य अवसर पारेर स्थानीय बिदा दिन सक्छन् ।