ब्रम्हपुरी – सर्लाहीको ब्रम्हपुरीमा पनि आज चिसो प्रभावित व्यक्तिलाई कम्बल वितरण गरिएको छ ।
ब्रम्हपुरी गाउँपालिका–१, ब्रम्हपुरीमा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, गाउँपालिकाका अध्यक्ष रामपदारथ साह, प्रहरी उपरीक्षक नरेशराज सुवेदी लगायत भएर चिसो प्रभावित १०२ जनालाई कम्बल वितरण गरेका हुन् ।
संघीय सरकार र मधेश प्रदेश सरकारबाट प्राप्त रकमले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत कम्बल वितरण गरिएको जिल्ला प्रशासन कार्यालय मलंगवाले जनाएको छ ।