सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)
मलंगवा, माघ ५ – मधेश प्रदेशमा भर्खरै सरुवा भएर आएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्तबहादुर कुँवरले बिहीबार जिल्ला प्रहरी कार्यालय सर्लाहीको निरीक्षण गरेका छन् ।
त्यसक्रममा प्रदेश प्रहरी प्रमुख डीआईजी कुँवरले जिल्लास्थित प्रहरी प्रमुखसहित अन्य प्रहरी अधिकारी र मातहतका प्रहरी युनिटका इन्चार्जहरुलाई विवादमा नपर्ने गरी कानून अनुसार काम गर्न निर्देशन दिएका छन् । उनले सीमा नाकामा हुने तस्करीमा कडाई, नदीजन्य पदार्थको अवैद्य उत्खनन रोक्नलगायत जिम्मेवारी अनुसारको काम गर्न निर्देशन दिएका जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।
डीआईजी कुँवरलाई सर्लाही प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जिल्लाको शान्ति सुरक्षा र वस्तुस्थितबारे जानकारी गराएका थिए ।