बागमती – सर्लाहीको बागमती र लालबन्दीमा बुधबार कुमारी बैङ्कको शाखा उद्घाटन गरिएको छ ।
बगमती नगरपालिका–११ कर्मैया र लालबन्दी–७ लालबन्दी बजारमा शाखाको विधिवत उद्घाटन गरिएको हो । कर्मैया शाखाको उद्घाटन गर्दै नगरप्रमुख भरतकुमार थापाले समृद्घ नेपाल, सुखी नेपालीको नारालाई सार्थक तुल्याउन गाँउघरमा खुलेका बैङ्क तथा बित्तीय संस्थाले टेवा पु–याउने विश्वास ब्यक्त गरे ।
बैङ्कले सरल र सहज सेवा दिन सके नागरिकमा विश्वास बढ्ने र शाखा बलियो हुने धारणा राखे । कर्मैया शाखा प्रबन्धक गोविन्द लामिछानेले बैङ्कले साना ब्यवसायमा लगानी बढाउने, बैदेशिक रोजगारीमा जाने र बैदेशिक रोजगारीबाट फर्केर ब्यबसाय गर्न चाहनेका लागि तथा कृषि क्षेत्रमा केन्द्रित रहेर लगानी गर्ने बताए ।
बैङ्कले बित्तीय कारोवार, कर्जा प्रवाह, एटिएम, मोवाइल बैंकिंङलगायतका सेवा प्रदान गरिने उनले बताए । शाखा उद्घाटनको अवसरमा जनप्रतिनिधि, उद्योगी, व्यापारी, पत्रकार, नागरिक अगुवा लगायत बैङ्कका कर्मचारीको उपस्थिति रहेको थियो ।
यस अघि जिल्लाको मलङ्गवा, बयलवास, हरिवन, बरहथवामा कुमारी बैङ्कको शाखा उद्घाटन भइसकेको छ । बुधबार उद्घाटन भएको कर्मैया (१०६) र लालबन्दी (१०७) औँ शाखासहित मधेश प्रदेशमा बैङ्कको ३४ वटा शाखा बिस्तार गरी कारोवार सुचारु भएको छ ।