सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)
लालबन्दी – सर्लाहीको हरिवन र ईश्वरपुरमा रहेका इलाका प्रहरी कार्यालयका इन्चार्ज फेरिएका छन् ।
प्रहरी प्रधान कार्यालयले मंगलबार साँझ १४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा गर्दा हरिवन र ईश्वरपुरस्थित इप्रका केशरगन्जका इन्चार्ज फेरिएका हुन् । हरिवनका प्रहरी निरीक्षक मुकेश ताम्राकारको काठमाडौंमा रहेको नेपाल प्रहरीको विपद् व्यवस्थापन कार्यालय सामाखुसी काठमाण्डौंमा सरुवा भएको छ ।
हरिवनमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट प्रहरी निरीक्षक कृष्ण गिरी आउने भएका छन् । गिरी गत वर्ष मात्रै जिल्ला प्रहरी कार्यालय मलंगवाबाट सरुवा भएर त्यहाँ गएका थिए ।
यस्तै, इप्रका केशरगन्जका प्रहरी निरीक्षक रोशन थापाको नेपाल प्रहरी विशेष सुरक्षा गढ ढल्केबर, धनुषामा काज सरुवा भएको छ । केशरगन्जमा बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीबाट प्रहरी निरीक्षक लक्ष्मण केसी आउने भएका छन् ।