logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

प्रहरीले आज फेरि नारायण खोलामा १२ बिघाको गाँजा फाड्यो


  • उज्यालो अभियान

फाइल तस्बीर ।

नारायणखोला – सर्लाही प्रहरीले आज (मंगलबार) फेरि जिल्लाको लालबन्दी नगरपालिका १४ नारायण खोलामा १२ बिघामा लगाएको गाँजा खेती नष्ट गरेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले नारायण खोलाको नौसय बिघा, मोटरदोभान लगायतको क्षेत्रमा स्थानीय किसानले लगाएको गाँजा खेती फडानी गरेको हो । प्रहरीले वर्षेनि झैँ यो पटक पनि बारम्बार नारायण खोला पुगेर गाँजा खेती नष्ट गरिरहेको छ ।

जिल्लाको दुर्गम भेगमा पर्ने नारायण खोलामा प्रहरी गएर गाँजा खेती नष्ट गरिरहँदा स्थानीयहरुमा भने रुवावासी छ । आम्दानी राम्रो हुने देखेर स्थानीयले पछिल्लो ५÷७ वर्षदेखि गाँजा खेती गर्दै आइरहेका छन् । तर, नेपालको कानूनले गाँजा खेतीलाई प्रतिवन्ध लगाएको छ ।