logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

नारायण खोलामा रुखबाट लडेर एक जनाको मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–१४, नारायण खोलामा रुखबाट लडेर सोमबार एक जनाको ज्यान गएको छ ।

नारायण खोलास्थित मिलनचोकका ५०/५५ वर्षका रामबहादुर स्याङ्बाको घाँस काट्नका लागि रुखमा चढ्दा लडेर मृत्यु भएको हो । स्याङ्बा मृगी रोगी समेत रहेको स्थानीयले बताएका छन् ।

प्रहरी घटनास्थलमा पुगी नसकेकाले घटनाबारे विस्तृत विवरण आउन बाँकी नै छ । इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) शान्तराम कार्कीले आफू घटनास्थलतर्फ प्रस्थान गर्न लागेको उज्यालो अयिभानसँग बताए । उनले घटनास्थलको प्रकृति मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि लिएर आउने बताए ।

घटना सोमबार बिहान ११ बजेपछि नै भएपनि प्रहरीलाई भने अहिले साँझपख मात्रै जानकारी प्राप्त भएको हो । घटनास्थलमा फोन समेत राम्रोसँग नलाग्ने हुँदा संचार सम्पर्कमा समस्या भइरहेको प्रहरीले जनायो ।

नारायण खोला सर्लाहीको चुरेभेगस्थित सबैभन्दा दुर्गम क्षेत्रमा पर्छ । त्यहाँ पत्थरकोटस्थित छेडा गाउँबाट लखन्देखी खोलाको बगरै–बगर भएर जानुपर्छ ।