नवलपुर – सर्लाहीको लालबन्दी बजारमा संचालित सिटी डिपार्टमेन्ट स्टोर्सका संचालक रवी गुप्ताले आइतबार जुटपानी आश्रममा खाद्यान्न सहयोग गरेका छन् ।
लालबन्दी नगरपालिका ७ निवासी कुशेश्वर साहका छोरा रवीले माघे संक्रान्तिको अवसर पारेर पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाआश्रममा खाद्यान्न सहयोग गरेका हुन् ।
उनले आश्रममा दिउँसोको खाजाका लागि बिस्कुट र चाउचाउ २ कार्टुन, बेलुकाको मिष्ठान्न भोजनका लागि २० केजी चामल, २ केजी दाल, नुन र तेल ३ केजी तथा नगद ३ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरेका आश्रमकी संचालक भवानी कोइरालाले जानकारी दिईन् ।