सञ्चालक समिति सदस्यमा उम्मेदवारी दिएका बाबुराम घिमिरे ।
हरिवन – राष्ट्रिय सहकारी बैंक सञ्चालक समितिकाे नेतृत्व चयन अन्तर्गत हुन गईरहेकाे निर्वाचनमा सर्लाहीका सहकारीकर्मी बाबुराम घिमिरेले पनि उम्मेदवारी दिएका छ्न् ।
भाेली पुस १६ गते हुने बैंक सञ्चालक समितिको निर्वाचनमा सगुन शिक्षा सहकारी संस्था हरिवनबाट प्रतिनिधित्व गर्दै घिमिरेले सञ्चालक समिति सदस्यमा उम्मेदवारी दिएका हुन् ।घिमिरे सगुन शिक्षा सहकारीका संस्थापक अध्यक्ष हुन् । उनले हरिवनमै रहेको सगुन बचत तथा ऋण सहकारीको समेत संस्थापक अध्यक्षकाे रुपमा करीब २० वर्ष नेतृत्व प्रदान गरेका थिए । उनकाे नेतृत्वमा सगुन बचत तथा ऋण सहकारी संस्था मधेश प्रदेशमा पटक-पटक उत्कृष्ट सहकारीकाे रुपमा पुरस्कृत भएकाे थियाे ।
घिमिरे सर्लाही जिल्ला बचत तथा ऋण सहकारी संघको पनि अध्यक्ष हुन् । समाजका हरेक क्रियाकलाप सहकारी मार्फत गर्नुपर्छ भन्ने मान्यताका घिमिरेकै नेतृत्वमा सगुन शिक्षा सहकारी स्थापना भई मधेस प्रदेशकै नमुना मावि तहकाे सगुन शिक्षा विद्यालय संचालन भईरहेकाे छ । आफू सञ्चालक समिति सदस्यमा निर्वाचित भए बिचलितमा रहेका सहकारीहरुलाई एकीकरण गर्ने र समस्या ग्रस्त सहकारीहरुको पहिचान गरि त्यसका समाधानका उपायहरु अबलम्बन गर्ने अनि विभिन्न अभियान मार्फत संस्थाहरुको सुढृढिकरण गर्ने जस्ता कामहरु सुरुवात गर्ने घिमिरेको प्रतिवद्दता रहेकाे छ ।