logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

धनुषाकाे बनदेवीमाई गोल्डकपकाे उपाधी हरिवनले चुम्याे


  • उज्यालो अभियान

प्रथम उपाधी सहित हरिवन युवा क्लबका अध्यक्ष सुमन तिलक सिन्दाली, कप्तान जुमनु राई, प्रशिक्षक दिपक लामा लगायत क्लबका पदाधिकारी एवं खेलाडीहरु । (तस्बिर : उज्यालाे अभियान)

हरिवन – सर्लाहीको हरिवन युवा क्लबले धनुषाको बटेश्वरमा आयोजित ११ औँ बनदेवीमाई (अध्यक्ष) गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चुमेकाे छ ।

उत्कृष्ट मिडफिल्डरकाे उपाधि ग्रहण गर्दै जुमनु राई । (तस्बिर : उज्यालाे अभियान)

विहिबार सम्पन्न फाइनल खेलमा सहलेश युवा क्लब, सिरहालाई २-१ गोलले पराजित गर्दै हरिवन युवा क्लबले १ लाख ५० हजार रूपैया सहित प्रथम उपाधी चुमेकाे हाे । हरिवनको जितमा रवी पासवान एक्लैले दुई गोल गरेका छन् । नेपाल पुलिस क्लबमा आवद्ध रवीले खेलको मध्यान्तरअघि र इन्जुरी समयमा गाेल गरेका थिए । शल्हेशले आत्मघाती एक गोल उपहार पायो । कर्नर बललाई ‘क्लियर’ गर्न खोज्दा हरिवनको रक्षापंक्तिका खेलाडीले आत्मघाती गोल गर्न पुगे ।

उत्कृष्ट प्रशिक्षक हरिवनका दिपक लामा । (तस्बिर : उज्यालाे अभियान)

उपबिजेता सहलेशले ५० हजार रुपैंयामै चित्त बुझाउनु परेकाे छ । फाइनल खेलमा बिजेता हरिवनका लागि दुई गोल गर्ने रवी पासवान नै म्यान अफ दी म्याच बने । यस्तै, राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका हरिवनका जुमानु राई उत्कृष्ट मिडफिल्डर घाेषणा सहित विशेष सम्मानित भए भने उत्कृष्ट प्रशिक्षक हरिवनका दीपक लामा भए ।

म्यान अफ दि म्याच भएका हरिवनका रवि पासवान । (तस्बिर : उज्यालाे अभियान)

बनदेवीमाई युवा क्लब बटेश्वर गाउँपालिका-२, सीतापुर धनुषाले आयोजना गरेको प्रतियोगिताको बिजेता, उपबिजेता, उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई नेपाली काँग्रेसका सह-महामन्त्री महेन्द्र राय र मधेश प्रदेश सरकारका वन वातावरण, पर्यटनमन्त्री शत्रुधन महतोले पुरस्कार वितरण गरे ।