logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

आज उज्यालाे अभियान मिडिया ग्रुप र बैकर्सबीच मैत्रिपूर्ण फूटबल हुँदै


  • उज्यालो अभियान

हरिवन – नेपालीहरुकाे महान चाड विजयादशमीकाे शुभ अवसरमा आज आईतबार दिउँसाे २ बजे यश उज्यालाे अभियान मिडिया ग्रुप र बैंकर्स क्लब सर्लाहीबीच मैत्रिपूर्ण फूटबल प्रतियाेगिता हुदैछ ।

हरिवन स्थित सनराईज बाेर्डीङ स्कुलकाे खेलमैदानमा उज्यालाे अभियान मिडिया ग्रुपबाट संचारकर्मी तथा बैंकर्स क्लबबाट कमर्सीयल बैंकमा कार्यरत कर्मचारीहरु सहभागी हुने उज्यालाे अभियान मिडियाका अध्यक्ष टंक बहादुर क्षेत्रीले जानकारी दिए । हिजाे शनिबारदेखि हरिवनमा जारी भेट्रान्स नकआउट फुटबल प्रतियाेगिता-२०७९ अन्तर्गत फाईनल खेल हुनु अघि संचारकर्मी र बैंकर्सबीच मैत्रिपूर्ण फूटबल खेल हुने आयाेजक समितिका सुशील पाण्डेले जानकारी दिए । हेटाैंडा, वीरगंज, सिमरा, कटारी, राैतहट र सर्लाहीका १० टिम सहभागी भेट्रान्स प्रतियाेगिताकाे विजेताले नगद ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ पाउने छन् । प्रतियाेगिताकाे संविधान सभा सदस्य नरेन्द्र साहले शनिबार दिउँसाे उद्घाटन गरेका थिए ।