logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

नेकपा (एस) सर्लाहीले भन्यो : सयौँ कार्यकर्ताले पार्टी छाडेको भन्नु झुठो प्रचारबाजी


  • उज्यालो अभियान

नेकपा एसले निकालेको प्रेस विज्ञप्ती ।

हरिवन – नेकपा (एकीकृत समाजवादी) पार्टी सर्लाहीले आफ्ना सयौँ कार्यकर्ता पार्टी छाडेर अन्यत्र गएको भन्नु भ्रमपूर्ण र झुठो प्रचारबाजी भएको बताएको छ ।

पार्टीका जिल्ला अध्यक्ष सुरेन्द्र लामाले शनिबार प्रेस विज्ञप्ती जारी गर्दै भ्रमपूर्ण र झुठो प्रचारवाजीको पछि नलाग्न र आ–आफ्नो जिम्मेवारी अनुसारको पार्टी संगठनको काममा उच्च मनोबलका साथ लाग्न सम्पूर्ण पार्टी पंक्तिलाई आग्रह गरेका छन् । सदरमुकाम मलंगवामा शुक्रबार एक कार्यक्रमका बीच समाजवादीका केही नेताले आफूहरु एमालेमा समाहित भएको घोषणा गरेका थिए ।

समाजवादीका जिल्ला अध्यक्ष लामाले विज्ञप्तीमार्फत एमालेमा प्रवेश गरेका केन्द्रीय परिषद् सदस्य रुपनारायणसिंह दनुवार, जिल्ला उपाध्यक्ष देवेन्द्र राय यादव, जिल्ला सचिव गोविन्दप्रसाद अधिकारी र प्रचार विभाग प्रमुख चूडामणि वाग्लेलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको जानकारी गराएका छन् । लामाले विज्ञप्तीमा पार्टी छाडेर जानेहरु प्रतिगमनकारी तत्वहरुको पाउमा पुगेको उल्लेख गरेका छन् ।