कविलासी – नेपाली कांग्रेसका नेता शेखर कोइराला बिहीबार सर्लाहीको कविलासी आएर फर्किएका छन् ।
नेता कोइराला कविलासी नगरपालिकाको सिर्सियामा कांग्रेस नेता शुभनारायण यादवकी आमाको १३ औँ दिनको पुण्य तिथीमा सहभागी हुन यहाँ आएका थिए । कोइराला समवेदन प्रकट गरेर बिहीबार नै काठमाण्डौं फर्किएका नेपाली कांग्रेस क्षेत्र नं. २ का क्षेत्रीय सभापति कौशलकिशोर रायले जानकारी दिए ।
कोइरालासगै नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंह, पूर्व जिल्ला सभापति लक्ष्मण राय, पूर्वमन्त्री शम्भुलाल श्रेष्ठलगायतले पनि यादवको निवासमा पुगेर समवेदना व्यक्त गरेका छन् ।