logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

स्थानीय तहहरुले भुक्तानी गर्ने ‘सुत्र’ को सर्भर डाउन, आज दिनभर चेक काटिएन


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीमा बिहीबार दिनभर स्थानीय तहहरुले भुक्तानी गर्ने सुत्रको सर्भर डाउन भएको छ ।

आर्थिक वर्षको अन्तिममा भुक्तानीको काम गर्न भ्याइनभ्याई परिरहेका बेला सुत्रले कामै नगर्दा बिहीबार दिनभर सर्लाहीका २० वटै पालिकामा कुनै पनि योजनाको भुक्तानी हुन सकेन् । सर्भर नचल्दा कर्मचारी, ठेकेदार र उपभोक्ता समितिका पदाधिकारी सबैले दुःख पाएका छन् ।

कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सर्लाहीका लेखापाल गौरब खड्काले स्थानीय तहले अनलाईनमार्फत भुक्तानी गर्ने सुत्रको सर्भर देशैभरी डाउन भएको बताए । सर्भर मर्मतको काम चलिरहेको जानकारी आएको खड्काले बताएका छन् ।

स्थानीय तहहरुले अहिले चेक काट्दा सुत्रमा रहेर अनलाईनमार्फत काट्नुपर्ने हुन्छ ।