हरिवन – सर्लाहीको हरिवनमा पहिलो पटक बर्गर हाउस खोलिएको छ ।
हरिवन नगरपालिका–११, निवासी प्रतिष्ठित व्यवसायी प्रयागराज पोतेले बर्गर हाउस संचालनमा ल्याएका हुन् । हरिवन बजारस्थित पूर्व–पश्चिम राजमार्गमै सम्राट होटल छेउमा खोलिएको बर्गर हाउसको हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकी (कमल) ले उद्घाटन गरेका हुन् ।
३ करोडको लगानीमा बर्गर हाउस, थकाली होटल र लज स्थापना गरेको व्यवसायी पोतेले बताए । बर्गर हाउसको वुधबार औपचारिक उद्घाटन भएपनि थकाली होटल र लज भने एक सातापछि संचालनमा ल्याउने पोतेको भनाई छ ।
बर्गर हाउस उद्घाटनको अवसरमा बुधबारबाटै राष्ट्रिय कलाकारहरुको प्रस्तुतिसहित असार २७ गतेसम्मका लागि कन्सर्ट समेत सुरु भएको छ ।