logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हरिवनमा ७ दिने पत्रकारिता तालिम सुरु


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवनमा मंगलबारबाट ७ दिने आधारभूत पत्रकारिता तालिम सुरु भएको छ ।

नेपाल पत्रकार महासंघ सर्लाही शाखाको आयोजनामा सम्राट होटलमा सुरु भएको तालिमको हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल) ले उद्घाटन गरे । नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंकबहादुर क्षेत्रीको अध्यक्षतामा तालिमको उद्घाटन गरिएको हो ।

तालिमको मुख्य प्रशिक्षकमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष गोविन्द आचार्य रहेका छन् भने महासंघ केन्द्रीय कार्यालयका कार्यक्रम प्रवन्धक रामप्रसाद दाहालले कार्यक्रमको सहजीकरण गर्ने छन् ।