logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

बरहथवाको मेयरमा एमालेकी कटुवालको अग्रता कायमै, जिते एमालेले खाता खोल्ने


  • उज्यालो अभियान

बरहथवा – बरहथवा नगरपालिकाको मेयरमा नेकपा एमालेकी कल्पना कटुवालको अग्रता कायमै राखिरहेकी छिन् ।

यो समाचार तयार पार्दासम्म निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थलबाट सार्वजनिक गरेको विवरण अनुसार कटुवाल ३ हजार ३६० मतले अगाडि छिन् । उनले ८ हजार २५८ मत पाएकी छिन् ।

कटुवालका निकटतम प्रतिस्पर्धी निवर्तमान मेयर नेकपा माओवादी केन्द्रका देवानन्द महतोले ४ हजार ८९८ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका विगुप्रसाद चौधरीले ४ हजार ३१६ मत ल्याएका छन् ।

अग्रता बढाउँदै लाँदा एमालेकी कटुवाल मेयरमा निर्वाचित हुने सम्भावना बढ्दै गइरहेको छ । कटुवालले जितेमा सर्लाहीमा पहिलो महिला मेयर बन्नेछिन् ।

कटुवालले जिते सर्लाहीमा एमालेले खाता समेत खोल्ने छ । एमालेले हरिवनमा उपमेयरबाहेक अन्य कुनै पनि पालिकामा प्रमुख तथा उपप्रमुख जितेको छैन् ।

यस्तै, बरहथवाको उपमेयरमा पनि नेकपा एमालेकै उम्मेदवार रामबाबुप्रसाद साह २ हजार १८० मतले अघि छन् । साहले ७ हजार ६९, नेपाली कांग्रेसकी गंगा दाहालले ४ हजार ८८९, निवर्तमान उपमेयर माओवादकी सीतादेवी माझीले ४ हजार ६८५ मत मात्रै प्राप्त गरेका छन् ।

बरहथवामा अहिले वडा नंं. ५ र १२ को मतगणना जारी छ । त्यहाँका १८ वटा वडामध्ये अहिलेसम्म वडा नं. १,२, ३, ४, ६, १३, १४, १५, १६, १७ र १८ को मतगणना सक्किसकेको छ ।

बरहथवाको वडा नं. १७ मा दोहोर्याएर मतदान गर्नुपरेकाले त्यहाँ जेठ ३ गते रातीबाट मात्रै मतगणना सुरु भएको थियो । जिल्लाको बाँकी १९ पालिकाको मतगणना सक्किसकेको छ ।