बरहथवा – बरहथवा नगरपालिकाको वडा नं ८ टाडीको मुसहर महिला सशक्तिकरण मन्च, बसबरियाको मुसहस महिला सशक्तिकरण मन्च र हरिपुर नगरपालिकाको मजुर्वाको यूनाईटेड नेसनस डेमोक्रेसी फण्ड (अन्डेफ) द्धारा भ्रमण तथा अनुगमन गरिएको छ ।
जिल्लाको चन्द्रनगर गाउँपालिका वडा नं २,३,४,६ र ७, हरिपुर नगरपालिकाको वडा नं ५,६७,८ र ९, बरथहवा नगरपालिका वडा नं ८ ,१३, ११,बसबरीया गाउँपालिका वडा नं ३, मा नेपालमा स्थानिय सरकारमा लैगिंक उत्तरदायी सुशासन प्रवद्र्धन कार्यक्रम संचालन भैरहेको छ । साउथ एसिया पार्टनरशिप नेपाल (साप नेपाल) को आयोजना तथा अन्डेफको सहयोगमा “नेपालमा स्थानिय सरकारमा लैङ्गिक उत्तरदायी सुशासन प्रवद्र्धन” कार्यक्रम अन्तर्गत उक्त चार वटा पालिकामा ३२ वटा मुसहर महिला सशक्तिकरण मञ्च गठन गरी १६०० भन्दा बढी मुसहर महिलाहरुलाई पहिलो पटक समुहमा आवद्ध गराउनुको साथै ३२ वटा मुसहर महिला कृषक समुह गठन गरी कृषी शाखा तथा पशु शाखामा दर्ता गरेर समुहको नाममा बैक खाता संचालन गरी बचत गर्ने बानिको विकास भएको साप नेपालको कार्यक्रम संयोजक जनक कार्कीले बताए ।
अति गरिब तथा पिच्छडीएका मुसहर समुदायको महिलाहरुको आर्थिक सामाजिक र राजनितिक रुपमा सशक्तिकरण गर्ने उद्देस्यले महिलाहरुलाई समुहमा आवद्ध गरेर विभिन्न क्षमता अभिवृद्धि मुलक तालिम संचालन गर्नुका साथै माशिक बैठक बस्ने, समुमा बचत जम्मा गर्दै आईरहेको छ । सोही कार्यक्रम अन्तरगत समेटिएका १६०० भन्दा बढि मुसहर महिलाहरुलाई चरणवद्ध रुपमा रिफ्लेक्ट सेशन संचालन गरी समुहमा लैङ्गिक तथा नेतृत्व विकास,सामाजिक जवाफदेहिता र यसका बिधिहरु नागरीक प्रतिवेदन पत्र, सार्बजनिक सुनुवाई बारे सचेतना मुलक अनुशिक्षण कार्यक्रम गदै आएको छ । समुहमा स्थानिय योजना तथा लैङ्गिक उत्तरदायी बजेट, सामजिक परिचालन तथा बचत,सामाजिक मुल्य मान्यता र आयआजर्नन मुलक कार्यक्रम विषयमा अनुशिक्षण गर्दै आएकाले महिलाहरको चेतना स्तर बढेको नेपाल राष्ट्रिय मुसहर संघ अध्यक्ष रितुराज ऋषिले बताए ।
समुहकी सदस्य सरिता माझीले सुरुमा आफ्नो नाम समेत भन्न नसक्ने समुहका दिदि बहिनीहरु समुहमा आवद्ध भएपछि ढुक्क संग नाम ठेगाना, समुह र संस्थाको नाम समेत भन्न सक्ने भएको बताईन । स्थानिय मुसहर अगुवा सम्झा बती माझीले साप नेपालको मुसहर महिला सशक्तिकरण कार्यकममा आवद्ध भएपछि स्थानि निकाय संग बजेट तथा योजना माग गर्ने वावालिकाको जन्म दर्ता नागरीकता बनाउन सरकारी निकाएमा गएर पैरवी गर्दै आएको बताईन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा सर्लाहीका अध्यक्ष टंक क्षेत्रिले संचार माध्य मार्फत मुसहर समुदायको विविध मुद्दाहरु उठाउदै आएको र आगामी दिनमा अझ प्रभावकारी ढंगले मुद्दाहरु एठाउने बताए ।
अनुगमनको क्रममा साप नेपालका कार्यकारी निर्देसक नरेन्द्र प्रसाद जोशीले स्थानिय निकायमा मुसहर महिलाहरुको सहभागीता अभिवृद्धि गरी महिला नेतृत्व विकास गर्न महिला स्वयम, मुसहर समुदाय,संचार माध्यम, नागरिक समाज संस्थाहरु सबै मिलेर लाग्नुपर्ने बताए ।