फाइल तस्बीर ।
चन्द्रनगर – सर्लाहीको चन्द्रनगर गाउँपालिका–५, मोहनपुरमा छिमेकीको घरबाट उडाएको जस्ता पाताले लाग्दा एक जना गम्भीर घाइते भएका छन् ।
शुक्रबार राती करिव १० बजेतिर तीव्र गतिमा हुन्डरी बतास चलेका बेला छिमेकी सुधिर कुमार यादवको घरको छानोबाट उडाएर ल्याएको जस्ता पाताले लाग्दा स्थानीय ५५ वर्षीय बिल्टु राउत बरै घाइते भएका हुन् । जस्ताले राउतको दाहिने हात आधा नै काटेको छ भने दाहिने खुट्टामा पनि चोट लागेको छ ।
राउतलाई नवलपुर, वीरगन्ज हुँदै थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौं पु¥याइएको प्रहरी चौकी मोहनपुरका प्रहरी सहायक निरीक्षक (असई) सुरेश थापाले जानकारी दिए । राउतलाई राती अबेरसम्म खेतमा काम गरेर घर छेउमै आइपुग्दा छिमेकीको छतमाथि भ¥याङमा हालिएको जस्ता पाताको पुरै भाग नै आएर लागेको हो ।
राउतसँगै खेतमा काम गरेर फर्किनुभएका उहाँको छोरा भने अघि अघि भएकाले दुर्घटनाबाट जोगिएका स्थानीयवासीले बताएका छन् ।