logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

माओवादीबाट निर्वाचित वडाध्यक्ष लामा एमालेमा प्रवेश


  • उज्यालो अभियान

लालबन्दी – स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा सर्लाहीमा निर्वाचित जनप्रतिनिधिहरुले धमाधम पार्टी बद्ली रहेका छन् ।

सोही क्रममा बुधबार लालबन्दी नगरपालिका–११, का वडाध्यक्ष दीपक कुमार लामा नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष लामा एक जना वडा सदस्य रामएकवाल महतोसहित एमालेमा प्रवेश गरेका हुन् ।

वडा नं. ११ कै बाहुनीदोभानमा भएको पार्टी प्रवेश कार्यक्रममा वडाध्यक्षसहित वडा नं. ११ बाट सय जना र वडा नं. ५ बाट चिरन्जिवी खतिवडा, रुपेश ढुंगेलसहित ५० जना एमालेमा प्रवेश प्रवेश गरेका पार्टीका नेता एवं लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्काले जानकारी दिए ।

पार्टीका केन्द्रीय समिति सदस्य एवं जिल्ला इन्चार्ज कमलादेवी महतोको प्रमुख आतिथ्यतामा आयोजित पार्टी प्रवेश कार्यक्रममा मधेस प्रदेश कमिटीका उपाध्यक्ष रेवती पन्त, जिल्ला अध्यक्ष राजनारायण साह लगायतको उपस्थिति थियो ।

तीन दिनअघि मात्रै माओवादी केन्द्रबाट निर्वाचित लालबन्दी १३ का वडाध्यक्ष शिवकृष्ण वैद्यसहितका नेताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।