संघीय सांसद् प्रमोद साह ।
बयलवास – शनिबार बिहान सर्लाहीको बयलवासमा भएको झडपमा घाइते भएका सांसद एवं जसपाका प्रमुख सचेतक प्रमोद साहलाई थप उपचारका लागि काठमाण्डौं लान हेलिकप्टर मगाइएको छ ।
साहको अहिले बयलवासस्थित एक अस्पतालमा उपचार चलिरहेको छ । थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौं लान बयलवास बजारमा अस्थायी हेलिप्याड तयार पारेर राखिएको छ ।
बयलवासस्थित फूलजोड युवा क्लबको भवन निर्माणको विषयमा विवाद भई स्थानीय र सांसद साह पक्षका मानिसहरुबीच झडप भएको हो ।