बरहथवा – उद्योग वाणिज्य संघ बरहथवा सर्लाहीको अध्यक्षमा रामबाबु साह निर्वाचित भएका छन् ।
शुक्रबार मध्यरातमा सम्पन्न भएको मतगणनामा २१४ मत प्राप्त गर्दै साह अध्यक्षमा चुनिएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सुरेन्द्र दास कथबनियाँले १९० मत प्राप्त गरेका छन् । यस्तै, अध्यक्षका अर्का उम्मेदवार रघुनाथप्रसाद साहले दुई मत ल्याए ।
यसैगरी, उपाध्यक्षमा २३५ मत ल्याएर फेकन साह चयन भएका छन् भने उनका प्रतिस्पर्धी रितेशकुमार साहले १६२ मत मात्रै प्राप्त गरे । त्यस्तै, कोषाध्यक्षमा राजिनन्द साह (राजन) तीन मतले विजयी भएका छन् । साहले १९४ मत ल्याउँदा उहाँका प्रतिद्वन्द्वी सुरेन्द्र प्रसाद साह रौनियारले १९१ मत ल्याएका छन् ।
त्यसैगरी, सदस्यहरुमा घनश्याम सिंह २२७ (सबैभन्दा धेरै), दिनेश प्रसाद साह २२२, रामनरेश साह २२१, सञ्जीव कुमार साह १९९ र श्यामकृष्ण साह (कमलेश) १७३ मत ल्याएर विजयी भएका छन् ।
बरहथवा उद्योग वाणिज्य संघको नेतृत्व चयनका लागि शुक्रबार मतदान सम्पन्न भएको थियो । ४३८ जना कूल मतदाता अर्थात् उद्योग वाणिज्य संघ बरहथवामा आवद्ध रहेका व्यापारीहरुमध्ये ४११ जनाले मत खसालेका थिए ।
संघको महासचिव, सचिव र सह–कोषाध्यक्ष भने यसअघि नै सर्वसम्मत रुपमा चयन भइसकेका छन् । महासचिवमा अमरनाथ साह, सचिवमा देवजित साह र सह–कोषाध्यक्षमा सञ्जय कुमार महतो निर्विरोध चयन भएका हुन् ।