logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

गोडैतामा स्कारपियोको ठक्करबाट पैदलयात्रीको ज्यान गयो, अर्का एक जना घाइते


  • उज्यालो अभियान

सांकेतिक तस्बिर ।

गोडैता – जिल्लाको दक्षिणी भेगस्थित गोडैतामा सोमबार राती स्कारपियोको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ ।

गोडैता नगरपालिका–१०, स्थित भित्री सडकखण्डमा सोमबार राती साँढे ९ बजेतिर भएको दुर्घटनामा पैदलयात्री ४० वर्षीया रञ्जिता देवी मण्डलको मृत्यु भएको हो । भारतीय डीएल ४ सीएनबी २२९९ नम्वरको स्कारपियाले ठक्कर दिँदा गम्भीर घाइते भएकी रञ्जिता देवीलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरी चौकी गोडैताले जनाएको छ ।

मृतक रञ्जिता देवी भारतको सीतामढी भलुवाहा घरभई गोडैतास्थित माइती घरमा बस्दै आएकी थिइन् । उक्त दुर्घटनामा गोडैता नगरपालिका–११ निवासी अर्का पैदलयात्री ६५ वर्षीया जयकलिया देवी मण्डल घाइते छिन् । उनको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार चलिरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न स्कारपियो प्रहरी चौकी गोडैतामा नियन्त्रणमा रहेको छ भने चालक फरार भएका छन् ।