logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

बिमितको परिवारलाई चेक प्रदान


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवनमा रहेको सानिमा लाइफ इन्स्योरेन्स कम्पनिले एक जना बिमितको परिवारलाई चेक हस्तान्तरण गरेको छ ।

आफ्नो कम्पनिका बिमित प्रिती कुमारीका पिता कामेश्वर राय यादवलाई दावी भुक्तानि बापतको २ लाख २६ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । यादवले दुई वर्षअघि सानिमा लाइफ इन्स्योरेन्स हरिवन शाखाबाट सानिमा बाल सौगात जीवन बीमा योजना लिनुभएको थियो ।

उहाँले फागुन १५ गते आवश्यक कागजसहित दावी प्रस्तुत गरेपछि हिजो (सोमबार) बीमा कम्पनिले बिमितको निधन पश्चात आवश्यक प्रक्रिया बमोजिम दावी बापतको रकम प्रदान गरेको हो । शाखा प्रमुख सरोजबाबु न्यौपाने, अन्डर राइटिङ्ग प्रमुख संजित पजियार, एड्भाइजर समुन्द्री कुमारी, सानिमा जेनेरल इन्स्योरेन्सका शाखा प्रमुख बिनय न्यौपाने, प्रिमियर इन्स्योरेन्सका शाखा प्रमुख रमेश तिमिल्सिनाको उपस्थितिमा चेक हस्तान्तरण गरिएको हो ।