logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

गोडैतामा ढलान सडकको मेयरले गरे उद्घाटन


  • उज्यालो अभियान

गोडैता – सर्लाहीको गोडैतामा सोमबार ढलान सडकको उद्घाटन गरिएको छ ।

गोडैता नगरपालिकाको वडा नं. ६ बगदह हुलाकी सडकदेखि गोडैता बजार सम्मको सडक ढलान गरी आज मेयर देवेन्द्र यादवले उद्घाटन गरेका हुन् । मधेस प्रदेश सरकारको २० लाख र नगरपालिकाको २० लाख गरी जम्मा ४० लाख रुपैयाँ लागतमा सडक निर्माण सम्पन्न भएको मेयर यादवले जानकारी दिए ।

सर्लाहीको दक्षिणी भेगका अन्य पालिकाहरु हेरी गोडैता नगरपालिकाले तुलनात्मक रुपमा सडक कालोपत्रे र ढलानमा राम्रो प्रगति गरेको छ ।