logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

हरिवन नगरपालिका उत्कृष्ट ७ मा, प्रधानमन्त्रीको हातबाट मेयरले थापे सम्मान


  • उज्यालो अभियान

हरिवन नगरपालिका कार्यालय । (तस्बिर : उज्यालो अभियान)

हरिवन – विभिन्न विधामा उत्कृष्ट काम गरेबापत सर्लाहीको हरिवन नगरपालिकासहित देशभरका सातवटा नगरपालिका पुरस्कृत भएका छन् ।

नेपाल नगरपालिका संघको २९ औँ साधारणसभाको अवसर पारेर आइतबार उत्कृष्ट नगरपालिकालाई काठमाण्डौंमा पुरस्कृत गरिएको हो । स्थानीय स्रोत परिचालन गरेर स्थानीय आर्थिक विकास गर्नेमा हरिवन नगरपालिका उत्कृष्ट भएको हो ।

यस्तै, नगरपालिका संघले गरेको मुल्यांकनबाट संस्थागत विकासतर्फ उत्कृष्ट काम गरेकोमा स्याङ्जाको वालिङ र पुतलीबजार नगरपालिका पुरस्कृत भएका छन् । त्यस्तै सहरी योजना तथा विपद व्यवस्थापनमा उत्कृष्ट काम गरेबापत धादिङको निलकण्ठ नगरपालिका पुरस्कृत भएको छ । त्यसैगरी, वन, वातावरण र जलवायु परिवर्तन तथा उत्थानशीलताको क्षेत्रमा इलाम नगरपालिका उत्कृष्ट बनेको छ ।

सामाजिक विकासको विधामा रुपन्देहीको तिलोत्तमा नगरपालिका र चितवनको राप्ती नगरपालिका उत्कृष्ट भएका छन् । नेपाल नगरपालिका संघले सबै सूचकहरुका आधारमा नगरपालिकालाई प्रतिस्पर्धी आधारमा छनौट गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले उत्कृष्ट नगरपालिकाका मेयरलाई प्रमाणपत्रसहित पुरस्कृत गरेका हुन् । हरिवन नगरपालिकाको तर्फबाट मेयर गणेश प्रसाद प्रसाईले सम्मान ग्रहण गरेका छन् ।