logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा मुसहर महिलाको उल्लेख्य उपस्थिति


  • उज्यालो अभियान

हरिपुर – अन्डेफको सहयोग तथा साप नेपालको आयोजनामा सर्लाहीको चन्द्रनगर गाँउपालिका, हरिपुर नगरपालिका र बरथहवा नगरपालिकामा संचालित स्थानिय सरकारमा लैगिंक उत्तरदायी सुशासन कार्यक्रम अन्तरगत मंगलबार ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिबस मनाइएको छ ।

दिवसको अवसरमा मुसहर महिला सशक्तीकरण मन्चको आयोजनामा समुहका महिलाहरुले बरथहवा नगरपालिकामा निकालेको जनचेतना र्यालीमा बरथहवा नगरपालिकाको उपमेयर लगायत १०० भन्दा बढी मुसहर महिलाहरुको सहभागीता रहेको थियो । र्यालीमा श्रम शोषण बन्दगरौ, जाडरक्सी बन्दगरौ, समान ज्याला कायम गरौ ,वालवालिकालाई पढन पठाउँ, छुवाछूत वन्द गरौ भनेर नारा लगाएका थियो ।

बरहथवाको उक्त कार्यक्रममा प्रमुख अतिथि उपमेयर सीतादेवी माझी, एमाले नेतृ कलपना कटुवाल, विभा नेपाल, मिरा कार्की ममता, पार्वती विक, सुमित्रा निरौला, वडा सदस्य प्रमिला बस्नेत, रविन्द्र राय, सुरक्षाकर्मी लगायत सहभागी भएका साप नेपालका कार्यक्रम संयोजक जनक कार्कीले बताए ।

त्यसैगरी, चन्द्रनगर गाँउपालिकामा पनि मुसहर महिला सशक्तीकरण मन्चको आयोजनामा ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा कार्यक्रम गरिएको छ । उक्त कार्यक्रममा २५० जना मुसहर महिलाको उपस्थिति रहेको थियो ।

त्यस्तै, हरिपुर नगरपालिकामा २०० सय बढी मुसहर महिलाको उपस्थितिमा मेयर जमिरुदिन मन्सुरसहित दिवस मनाइएको छ ।