logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

बागमतीमा नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न


  • उज्यालो अभियान

सरिता सापकोटा/बागमती – सर्लाहीको बागमतीमा ४ दिने नमूना युवा संसद अभ्यास कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

बागमती नगरपालिकाकी उपमेयर लिला कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा समापन समारोह संचालन गरिएको नगरका शिक्षा शाखा प्रमुख मिन प्रसाद उपाध्यायले जानकारी दिए । नगरका ३६ जना युवा युवती सहभागी अभ्यास गत गएको बुधवारबाट सुरुभएको थियो ।

नगरपालिका कार्यलयको सभाहलमा आयोजित अभ्यासमा सहभागि युवा युवतीहरुलाई देशको संसदिय ब्यवस्था र गाउँ तथा नगर सभाको ब्यावहारिक अभ्यास गराईएको थियो । यसरी अभ्यास गर्ने अवसर पाउदा नगर सभाले गर्ने काम तथा जनप्रतिनिधि र नगरवासीकोे जिम्मेवारीको वारेमा समेत जान्ने मौका पाएको सहभागी सुरज कार्कीले बताए ।

‘कसरी आफ्नो अधिकार खोज्ने ? नगरका विसका गतिविधिमा आफ्नो भुमिका के हो ? भन्ने कुरा पनि सिक्यौँ ।’ उन्ले भने, ‘यस पहिला हामीमा जनप्रतिनिधि र नगरका गतिविधिमा समेत गलत बुझाई रहेछ । यस अभ्यास पछि यो सबै कुरा छर्लङ भयो ।’ अभ्यास पछि देशको संसदिय ब्यवस्था बारे जानकारी पाएको उन्ले बताए ।

कार्यक्रममा बोल्दै सहभागी मध्यकी मेलिना थापाले नगरका हरेक गतिविधिको प्रकृया फरक फरक हुने कुरा समेत जानकारी पाएको बताईन् । योजना छनौट देखी त्यसको छलफल प्रकृया समेतको ब्यावहारिक अभ्यास गर्न पाउँदा खुसी लागेको उनको भनाई थियो । अभ्यासमा नगरका १२ वटा वडा १६ देखी २४ बर्ष उमेर समुहका युवा युवती सहभागी भएका थिए ।

नगर शिक्षा शाखा प्रमुख उपाध्यायको अध्यक्षतामा सम्पन्न समापन समारोहमा नगर शिक्षा बिभाग प्रमुख एवं ३ नम्बर वडाध्यक्ष तिलक मोक्तान, शिक्षक मनोज खनाल बिध्यार्थी नेता राज कुमार बिश्वकर्मा, शिक्षा शाखाका ओम बहादुर कार्की, रंजना मगराती, नविना थापा लगाएतको आतिथ्यता रहको थियो ।

युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषद् सानोठिमी भक्तपुरको आर्थिक सहयोगमा बागमती नगरपालिका शिक्षा शाखाले उक्त कार्यक्रम संचालन गरेको हो । कार्यक्रममा सहभागिहरुलाई सभाकी प्रमुख अतिथि उपमेयर मोक्तानले प्रमाण पत्र समेत वितरण गरिन् ।