सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)
मलंगवा – सर्लाही प्रहरीले नेपाल–भारत सीमा क्षेत्रमा पर्ने पर्सा गाउँपालिकामा भारतबाट भन्सार छलेर ल्याइएको सामान बरामद गरेको छ ।
पर्सा गाउँपालिका–५ बाट दुईवटा साइकलमा ल्याउँदै गरिएको १ बोरा चिनी, २९ पिस साडी र २ बोरा चप्पल बरामद गरिएको हो । आइतबार राती ९ बजेतिर बरामद गरिएको करिव ४० हजार रुपैयाँ बराबरको उक्त अवैध सामान सोमबार आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
भारतबाट भन्सार छलेर सामान ल्याउने तस्करहरु भने प्रहरीलाई देख्नासाथ साइकल र सामान छाडेर फरार भएका थिए ।