लालबन्दी – सर्लाहीमा हिजो अस्तीकै झैँ सामान्य अवस्थामा नै यातायातका साधनहरु सञ्चालन भइरहेको छ ।
जिल्लाको पूर्व–पश्चिम राजमार्ग र अन्य भित्री सडकहरुमा छोटोे तथा लामो दूरीका सवारी साधनहरु निर्वाध रुपमा गुडिरहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । यस्तै, बजारहरु पनि खुलिरहेका छन् । हिजो संसदबाट एमसीसी सम्झौता अनुमोदन भएको विरोधमा विभिन्न ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले आज बन्द आह्वान गरेको हो ।
बन्दको प्रभाव खासै नपरेपनि सर्लाहीमा आज बिहानैदेखि सुरक्षा तैनाथी बढाइएको छ । लालबन्दी, नवलपुर, हरिवन, बागमती लगायतका स्थानमा चोक–चोकमा प्रहरी परिचालन गरिएको छ भने गस्ती पनि बढाइएको हो ।