logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

एमाले नेता पुलामीद्वारा विभिन्न क्लबलाई खेलकुद सामग्री वितरण


  • उज्यालो अभियान

हरिवन – नेकपा एमालेका युवा नेता बिजय पुलामीले सर्लाहीको हरिवन नगरपालिकाभित्रका विभिन्न क्लबहरुलाई खेलकुद सामग्री प्रदान गरेका छन् ।

पुलामीले अहिलेसम्म हरिवन नगरपालिका १, २, ३, ५, ६, ८ र ९ का क्लबहरुलाई जर्सी, फुटबल लगायतका खेल सामग्री वितरण गरिसकेका हुन् । सोहीक्रममा उनले मंगलबार हरिवन नगरपालिका–६, घुर्कौलीमा रहेका सिद्धार्थ युवा क्लब र नमस्ते युवा क्लबलाई फुटबल र अन्य खेलकुद सामग्री प्रदान गरेका छन् ।

विभिन्न सामाजिक कार्यमा संलग्न पुलामीले यसअघि हरिवनस्थित मानव सेवाश्रमलाई ५० हजार रुपैयाँ नगदसहित कोरोना संक्रमणका बेला प्रभावित परिवारहरुलाई खाद्यान्न प्रदान गरेका थिए ।