logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

बलरा नगरपालिकाको डुमरियामा राम जानकी मन्दिरको पुनर्निर्माण


  • उज्यालो अभियान

बलरा – सर्लाहीको दक्षिण–पश्चिम भेगस्थित बलरा नगरपालिका–७, डुमरियामा करिव ५८ लाख रुपैयाँ खर्चेर राम जानकी मन्दिरको पुनर्निर्माण गरिएको छ ।

नगरपालिकाबाट बिनियोजित बजेटले दुई तले मन्दिर पुनर्निर्माण गरिएको बलरा नगरपालिकाका मेयर अभय कुमार सिंहले जानकारी दिए । उक्त मन्दिरको शनिबार मेयर सिंह आफैले उद्घाटन समेत गरेका छन् ।

मन्दिरको उद्घाटनमा छिमेकी गोडैता नगरपालिकाका मेयर देवेन्द्र यादव, बलरा नगरपालिका ७ का वडाध्यक्ष अवधेश मण्डल लगायतको उपस्थिति रहेको थियो । बलरा नगरपालिकाले नगरभित्र आधा दर्जन बढी मन्दिरहरु निर्माण गरेको मेयर सिंहले जानकारी दिए ।

उनका अनुसार वडा नं. ७ मै भगवती मन्दिर, ब्रम्हबाबा मन्दिर, हनुमान मन्दिर, सुदामा गाउँमा रामजानकी मन्दिर, हनुमान मन्दिर, वडा नं. ६ मिर्जापुरमा हनुमान मन्दिर, वडा नं. ५ मा हनुमान मन्दिर, वडा नं. ९ अचलगढमा शंकर जी को मन्दिर, वडा नं. १ मा शंकर पार्वतीको मन्दिर, वडा नं. २ मा भगवती मन्दिर निर्माण गरिएको छ ।