लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–७, मा रहेको पौरखी बचत तथा ऋण सहकारी संस्थाको शनिबार १० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका निवर्तमान अध्यक्ष शालिग्राम लम्सालको अध्यक्षता तथा उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याणकुमार जोशीको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । सभाले संस्थाको नयाँ कार्य समितिको अध्यक्षमा उद्धव प्रसाद पौडेललाई सर्वसम्मत रुपमा चयन गरेको छ ।
९ सदस्यीय कार्य समितिमध्ये शनिबार अध्यक्ष चयन गरिएको र बाँकी पदाधिकारी तथा सदस्यहरु भने एक÷दुई दिनभित्रै सम्पूर्ण सल्लाहकारहरु बसेर चयन गरिने संस्थाले जनाएको छ ।
गत आर्थिक वर्ष २०७७÷०७८ मा ६ लाख ४५ हजार २०९ रुपैयाँ १४ पैसा खूद मुनाफा आर्जन गरेको संस्थाले शेयर सदस्यहरुलाई २५ प्रतिसत लाभांश वितरण गर्ने निर्णय गरेको नवनिर्वाचित अध्यक्ष उद्धव प्रसाद पौडेलले जानकारी दिए ।