सर्मिला थापा ।
लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–९, मा रहेको जागरण अभियान नेपालको अध्यक्षमा सर्मिला थापा चयन भएकी छन् ।
२०५८ सालमा स्थापना भई विभिन्न सामाजिक काममा संलग्न हुँदै आइरहेको गैर सरकारी संस्था जागरण अभियान नेपालको १३ औँ साधारण सभाबाट थापा अध्यक्षमा चयन भएकी हुन् । शनिबार एक कार्यक्रमका बीच नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाको अध्यक्षमा सर्मिला थापा, उपाध्यक्षमा डोर बहादुर बुढाथोकी, सचिवमा भाग्यनारायण चौधरी, कोषाध्यक्षमा पुनम ढुंगेल, सदस्यहरुमा विरेन्द्र महरा, रमित माझी र गोविन्द चौधरी रहेका छन् ।
संस्थाका निवर्तमान अध्यक्ष प्रशान्त आचार्यको अध्यक्षता तथा लालबन्दी नगरपालिका–९, का वडाध्यक्ष गोपाल प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा आयोजित पदस्थापन कार्यक्रममा बाल संरक्षण संस्थाकी अध्यक्ष मुना उपाध्याय, जनज्योति बहुमुखी क्याम्पसको व्यवस्थापन समितिका अध्यक्ष शिव प्रसाद न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।