logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

सर्लाहीको बागमतीमा करेन्ट लागेर एक मजदुरको मृत्यु, अर्का एक जना घाइते


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

धरहरा – सर्लाहीको बागमतीमा करेन्ट लागेर एक मज्दुरको ज्यान गएको छ ।

शनिबार बिहान बागमती नगरपालिका–२, धरहरामा घर बनाउने काम गर्दै गर्दा एक मजदुरको करेन्ट लागेर ज्यान गएको हो । सोही ठाउँका २१ ब्र्षिय दिपक कुमार महतो घाइते भएका छन् ।

दिपकको अहिले उपचार भइरहेको प्रहरीले जनाएको छ । घरको छत ढलानको लागि फलामे डण्डी मिलाउने क्रममा करेन्ट लागेर बागमती नगरपालिका–८, खुजुरेचोकका अन्दाजी २५ बर्षका रामु महतोको ज्यान गएको ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाईते भएका महतोलाई उपचारको लागि हरिवन स्थित जीवन अस्पताल लैजादै गर्दा बाटोमै ज्यान गएको हो । मृतकको शव परिक्षणको लागि जिल्ला अस्पताल लैजाने तयारी भईरहेको इलाका प्रहरी कार्यलय हरिवनका प्रहरी नीरिक्षक भुपेन्द्र गिरीले जानकारी दिए ।