हरिवन – सवारी चालक अनुमति पत्र (लाईसेन्स) का लागि अनलाईन मार्फत फारम भरी २०७८ साल माघ मसान्त सम्म अफिस भिजिट डेट प्राप्त गर्ने सेवाग्राहीहरुले उक्त मिती अगाडि सार्न पनि मिल्ने बर्दिबास यातायात कार्यालयले जनाएकाे छ ।
´सवारी चालक अनुमति पत्रको अफिस भिजिट डेट सारी तत्काल परिक्षामा सहभागी हुन चाहने परिक्षार्थीहरुको हकमा आईतवार देखि बुधवार सम्म कार्यालयमा उपस्थित भई अफिस भिजिट डेट संशोधन गरि सवारी चालक अनुमति पत्रको प्रक्रियामा सहभागी हुन पाउने छ` कार्यालयद्वारा आईतबार प्रकाशित सूचनामा उल्लेख छ ।
सर्लाही सहित यश क्षेत्रका सेवाग्राहीलाई बर्दीबास यातायात सेवा कार्यालयले सबारी चालक अनुमती पत्र नयाँ तथा नविकरण, ब्लुबुक नविकरण लगायतका सेवाहरु प्रदान गर्दै आएकाे छ ।