हरिपुर, १३ कात्तिक – सर्लाहीको हरिपुर नगरपालिका २ मा रहेको शिवशक्ति बचत तथा ऋण सहकारी संस्थाको आज २४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष रमेशकुमार साहको अध्यक्षता तथा ज्येष्ठ सदस्य गोपीकृष्ण शर्मा काफ्लेको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । सभामा संस्थाले असल कारोवार गर्ने २५ जना सदस्यलाई सम्मान र २ जना शेयर सदस्यका छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरेको छ ।
संस्थाकी सचिव कविता थापाको स्वागत तथा उपाध्यक्ष सूर्यप्रसाद चालिसेको संचालनमा साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभामा संस्थाको गत आर्थिक वर्षको आर्थिक गतिविधि प्रस्तुत गर्दै ३० लाख २६ हजार १४० रुपैयाँ मुनाफा आर्जन गरेको जानकारी गराइएको छ ।