logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

नवलपुर ग्रिड सवस्टेशनमा खराबी आउँदा सर्लाहीका विभिन्न भागमा बिजुली अवरुद्ध


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बीर ।

लालबन्दी – सर्लाहीका विभिन्न स्थानमा बिहीबार रातीदेखि विद्युत् अवरुद्ध छ ।

पानी परेपछि नवलपुर ग्रिड सवस्टेशनमा सिटी क्वायल पड्किएकाले जिल्लाका अधिकांश भागमा विद्युत अवरुद्ध भएको हो । जसका कारण बिजुलीबाट हुने काम ठप्प भएको छ ।

नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्राविधिक मोहन श्रेष्ठले खराबी आएको ठाउँमा मर्मतको काम चलिरहेको र विद्युत् सूचारु हुन केही समय लाग्ने जानकारी दिए । उता, जिल्लाको बरहथवा वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा भने बिजुली सूचारु नै छ ।

त्यहाँ रौतहटको चन्द्रनिगाहपुरबाट तानिएको ३३ केभी प्रशारण लाईनबाट बत्ती जोड्ने गरिएको छ । नवलपुरमा भर्खरै निर्माण भएको ग्रिड सवस्टेशनबाट बरहथवाबाहेक लालबन्दी, हरिवन, हरिपुर, मलंगवा लगायतका फिडरमा बत्ती जोडिएको छ ।