logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

लालबन्दी, हरिवन र बागमती नगरपालिकामा आज पनि बिदा


  • उज्यालो अभियान

हरिवन नगरपालिका कार्यालय । (तस्बिर : उज्यालो अभियान)

हरिवन – सर्लाहीको उत्तरी भेगका तीनवटा नगरपालिकाले आज (बिहीबार) पनि सार्बजनिक बिदा दिएका छन् ।

तामाङ समुदायको राष्ट्रिय पर्व २८५८ औँ सोनाम ल्होसारको अवसरमा लालबन्दी, हरिवन र बागमती नगरपालिकाले आज दोस्रो दिन पनि आ–आफ्नो नगरपालिकाभित्र सार्बजनिक बिदा दिएका हुन् । यसअघि हिजो (बुधबार) संघीय सरकारसँगै यि तीनवटै पालिकाले सार्बजनिक बिदाको घोषणा गरेका थिए ।

बिदाको दिन नगरपालिका मातहत पर्ने सम्पूर्ण सरकारी कार्यालय र संघसंस्थाहरु बन्द रहने सूचनामा उल्लेख गरिएको छ । लालबन्दी, हरिवन र बागमती नगरपालिका तामाङ समुदायको उल्लेख्य बसोवास रहेको नगरपालिकाहरु हुन् ।

सोनाम ल्होसारको अवसरमा हिजो जिल्लाका विभिन्न स्थानमा साँस्कृतिक, शुभकामना साटासाट लगायतका कार्यक्रमहरु आयोजना गरिएका थिए ।