logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

प्रेस चौतारी नेपाल सर्लाहीको अध्यक्षमा पुनः सापकोटा


  • उज्यालो अभियान

हरिवन – नेकपा एमाले निकट प्रेस चौतारी नेपाल सर्लाहीको अध्यक्षमा पुनः अच्यूतम सापकोटा चयन भएका छन् ।

बुधबार बिहान हरिवनमा सम्पन्न प्रेस चौतारी नेपाल सर्लाहीको सातौं जिल्ला अधिवेशनबाट सापकोटाको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो । समितिमा मधु कटुवाल र रीना आले उपाध्यक्ष, राजु लो सचिव, आरती सेन्चुरी कोषाध्यक्ष, सन्देश अधिकारी र राजु मण्डल सहसचिव लगायत अन्य सदस्यहरु रहेका छन् ।

अधिवेशनमा नेकपा एमाले प्रदेश २ का उपाध्यक्ष रेवती पन्त, एमाले सर्लाहीका सहसचिव विदुर कुमार प्याकुरेल, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य फणि महत, नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंकबहादुर क्षेत्री लगायतको आतिथ्यता रहेको थियो ।