logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

अनेरास्ववियू सर्लाहीको १९ औँ अधिवेशन आज, नयाँ नेतृत्व घोषणा हुँदै


  • उज्यालो अभियान

मंगलबार साँझ अधिवेशनस्थल लालबन्दी ६ स्थित मदन आश्रित भवन परिसरमा जम्मा भएका अनेरास्ववियूका नेताहरु ।

लालबन्दी – नेकपा एमाले निकट अनेरास्ववियू सर्लाहीको १९ औँ जिल्ला अधिवेशन बुधबार लालबन्दीमा हुँदैछ ।

लालबन्दी नगरपालिका–६, स्थित मदन आश्रित भवनमा अनेरास्ववियूकी केन्द्रीय अध्यक्ष तथा पार्टीकी केन्द्रीय सदस्य सुनिता बरालको प्रमुख आतिथ्यतामा अधिवेशन गर्न लागिएको अनेरास्ववियूकी प्रदेश २ अध्यक्ष अन्जना शिवाकोटीले जानकारी दिईन् ।

अधिवेशनबाट सर्वसम्मत रुपमा अनेरास्ववियू सर्लाहीको नयाँ नेतृत्व घोषणा गर्ने प्रयास भइरहेको शिवाकोटीले बताएकी छिन् ।