चन्द्रनगर – नेकपा (एकीकृत समाजवादी) पार्टीले सर्लाहीको चन्द्रनगर गाउँपालिका-६, कामदमा वडा कमिटी गठन गरेको छ ।
सोमबार सम्पन्न भेलाबाट फकिरा मुखिया अध्यक्ष रहने गरी पार्टीको २५ सदस्यीय वडा कमिटी गठन गरिएको हो । पार्टीका पोलिटब्यूरो सदस्य तथा प्रदेश सभा सदस्य रवीन्द्र बैठाको प्रमुख आतिथ्यतामा आयोजित वडा भेलामा केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्यद्वय बेची लुंगेली र डिल्ली प्रसाद उप्रेती, जिल्ला अध्यक्ष सुरेन्द्र लामा, गाउँ कमिटी अध्यक्ष भरत साह लगायत कार्यक्रममा सहभागी थिए ।
यस्तै, आफ्नो संगठन सुदृढ तथा विस्तार गर्नेक्रममा बहुजन एकता पार्टी नेपालले सोमबार ईश्वरपुर नगरपालिका–७, खोकनाहामा वडा भेला गरेको छ । राष्ट्रिय अध्यक्ष हरिनन्दन अम्बेडकर, जिल्ला सदस्य बिन्दीलाल राम, चन्द्रनगर अध्यक्ष रंजित राम, उर्मिला सिंह, हरि बहादुर रोक्का, किरन देवि पासवान लगायतका नेताहरुकाे उपस्थिती रहेकाे कार्यक्रममा बहुजन एकता पार्टी नेपालको बिचारधारा बारे प्रशिक्षण दिइएको साे पार्टीका वरिष्ठ नेता राजाराम पासवानले बताए ।
फोटो क्याप्सन : चन्द्रनगरमा भएको नेकपा (एकीकृत समाजवादी) को वडा भेला तथा ईश्वरपुरमा बहुजनकाे भेलामा उपस्थित नेता कार्यकर्ता ।