logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

सहयाेगका लागि क्यान्सरपीडित खत्रीकाे याचना : कांग्रेसी युवाले दिए नगद


  • उज्यालो अभियान

हरिवन – घाँटीकाे क्यान्सर भएर उपचाररत एक विपन्न परिवारले आर्थिक सहयाेगका लागि याचना गरेकाे छ ।

हरिवन नगरपालिका-८, प्रसुतीटाेल निवासी चक्रबहादुर खत्रीलाई घाँटीकाे क्यान्सर भएकाे र हाल उनकाे भक्तपुर स्थित क्यान्सर अस्पतालमा उपचार भईरहेकाे छ । आर्थिक अवस्था अत्यन्त कमजाेर भएकाले श्रीमानकाे उपचारमा समस्या परेकाे उनकी पत्नी ईन्दिराले गुनासाे गरिन् । “९ वटा किमाे चढाईसकियाे, अझै ५ वटा चढाउनु पर्छ भनेकाे छ अस्पतालमा”, ईन्दिराले उज्यालाे अभियानसँग भनिन, “एकचाेटी किमाे चढाउन जाँदा २० हजार रूपैंया भन्दा बढी खर्च लाग्छ, बुढाेकाे १०-१२ हजार पेन्सन बाहेक केही आम्दानी नभएकाले थप उपचार कसरी गर्नेहाेला भनेर चिन्ता लागिरहेकाे छ ।”

नेपाली सेनाबाट पेन्सन पकाएर जागिर छाडेका ५६ वर्षीय खत्रीका २ छाेरी छन् । जेठी छाेरी चतुर्भूजेश्वर जनता माविमा कक्षा १२ मा तथा कान्छी महादेव जनता नमुना मावि हरिवनमा अध्ययनरत छन् । पतिकाे पेन्सन बाहेक अन्य कुनै आम्दानी नभएकाले पत्नि ईन्दिरा हरिवन बजार स्थित विभिन्न संघ संस्थाकाे कार्यालय सफाईकाे काम गर्दै आएकि छिन् । पतिकाे उपचारका मनकारी महानुभावले स्वयं आफूलाई भेटेर वा प्रभु बैंकमा ईन्दिरा खत्रीकाे नाममा रहेकाे खाता नं. ०७०००४४२७१३०००११ मा सहयाेग रकम जम्मा गरिदिन समेत ईन्दिराले याचना गरेकी छिन् ।

यसैबिच नेपाली कांग्रेस हरिवनका युवाहरुले क्यान्सरपीडित खत्रीकाे उपचारका लागि नगद हस्तान्तरण गरेका छन् । कांग्रेस हरिवन वडा नम्बर ८ का सभापति धनराज बुढाथाेकी (रामहरि) ले मंगलबार खत्रीलाई नगद २५ हजार रूपैंया प्रदान गरेका हुन् । खत्रीकाे घरमै पुगेर कांग्रेसका जिल्ला सहसचिब डाेरप्रसाद भट्टरई, युवाहरु युगल सुवेदी(जीवन), बिनोद महत, मुकुन्द थपलिया, रमेश भट्टराई, सुमन सिन्धाली, राजिव मास्के, गणेश भण्डारी लगायतकाे उपस्थितीमा सहयोग रकम हस्तान्तरण गरिएकाे हाे । उक्त रकम हरिवन घर भई हाल अमेरिकामा कार्यरत सैलेश मैनाली र जननी श्रेष्ठ दम्पतिले कांग्रेस वडा सभापति धनराज बुढाथाेकी मार्फत सहयाेग गरेका हुन् ।