लालबन्दी – सर्लाहीको हरिवनमा रहेको मानव सेवाश्रम सर्लाही शाखालाई बुधबार लालबन्दी नगरपालिकाले २ लाख रुपैयाँ सहयोग गरेको छ ।
मेयर मानबहादुर खड्काले आश्रमकी संयोजक सम्झना अधिकारीलाई नगरपालिकाको तर्फबाट २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । हरिवनस्थित मानव सेवाश्रम नयाँरोडमा अहिले सडकबाट उद्धार गरेर ल्याइएका ५५ जनालाई राखिएको छ ।
अहिलेसम्म ५० जनालाई पारिवारिक पुर्नर मिलन समेत गराइसकिएको आश्रमका व्यवस्थापकीय अभिभावक सुकदेव कार्कीले जानकारी दिए ।