logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

विप्लव समूहले माओ दिवस मनायो


  • उज्यालो अभियान

हरिवन – सर्लाहीमा आइतबार नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले १२९ औँ माओ दिवस मनाएको छ ।

हरिवनमा पार्टीका जिल्ला सेक्रेटरी कमल सुस्लिङको अध्यक्षतामा माओ दिवस मनाइएको हो । कार्यक्रममा माओले कम्युनिष्ट आन्दोलनमा पु¥याएको योगदानको चर्चा गरिएको पार्टीका कार्यकर्ता पदम मगरले जानकारी दिए ।

भूमिगत राजनीतिबाट उदाएको विप्लव समूहले सर्लाहीमा राजनीतिक गतिविधि बढाउँदै लगेको छ ।